हिन्दी गीतको भिडियोमा अदिती बुढाथोकी

- मेराेफिल्म

अनमोल केसीको फिल्म ‘कृ’ फिल्मबाट नेपाली फिल्म नगरीमा डेब्यू गरेकी अदिति बुढाथोकीले हिन्दी गीतको भिडियोमा अभिनय गरेकी छन् ।

मिलिन्द गावाको आवाज रहेको ‘मे तेरा हो गया’ मा गायक गावासँगै अदितीले अभिनय गरेकी हुन् । शोकिडको संगीत रहेको गीतमा ध्रुव योगीको शब्द रचना रहेको छ भने लक्ष्य चौधरीको संगीत संयोजन । सुनिल सेट्टीको यो प्रोजेक्टलाई आशिष राय र बन्टीले बनाएका हुन् । टिनएज जोडीको कथा भिडियोमा समेटिएको छ ।

२०७५ असोज २१ गते १५:२८ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *