‘एबीसीडी ३’ मा वरुण र कट्रिना

वरुण धवन र कट्रिना कैफले पर्दा सेयर गर्ने भएका छन् । यी दुईको जोडी पहिलोपटक ‘एबीसीडी ३’ मा देखिने भएको छ ।

रेमो डिसूजाका अनुसार फिल्मको सुटिंग आउँदो जनवरीबाट सुरु हुने छ । फिल्म भारतीय र पाकिस्तानी डान्सरको कथामा आधारित छ । वरुणले भारतीय डान्सरको भूमिका निर्वाह गर्नेछन् भने कट्रिना पाकिस्तानी डान्सरको भूमिकामा देखिने छिन् । यी दुईको प्रतिस्पर्धा भने लण्डनमा हुनेछ । फिल्म २०१९ नोभेम्बर ८ बाट प्रदर्शनमा आउने छ । ‘एबीसीडी २’ मा काम गरेका धर्मेश यस फिल्ममा पनि दोहोरिने छन् ।

कट्रिना हाल सलमानको ‘भारत’मा व्यस्त छिन् भने वरुण ‘कलंक’मा व्यस्त छन् ।