रजनीकान्त र अक्षयको ‘२.०’ ट्रेलर

दक्षिण भारतीय सुपरस्टार रजनीकान्त तथा बलिउड स्टार अक्षय कुमार अभिनित बहुप्रतीक्षित फिल्म ‘२.०’को ट्रेलर (हिन्दी भाषामा) सार्वजनिक भएको छ ।

धर्मा प्रोडक्सनको ब्यानरमा लाइका प्रोडक्सनको प्रस्तुती रहेको फिल्ममा रजनीकान्त र अक्षयसंगै एमी ज्याक्सनको मुख्य भूमिका रहेको छ । फिल्ममा अक्षय कुमारले नेगेटिभ भूमिका निर्वाह गरेका छन् । फिल्म नोभेम्बर २९ मा रिलिज हुँदैछ । एस. शंकरको लेखन तथा निर्देशन, सुबासकरनको निर्माण, निरभ शाहको छायांकन, एन्थोनीको सम्पादनमा तयार भएको यस फिल्ममा ए आर रहमानको संगीत रहेको छ ।