दीपिकाभन्दा कंगना महंगी !

बलिउडमा केहि समय अघि दीपिका पादुकोनलाई सञ्जय लिला भन्सालीले ‘पध्मावत’ फिल्ममा हिरोलाई भन्दा बढी पारिश्रमिक दिएर हिरोइनको गुनासो सम्बोधन गरेका थिए ।

भन्सालीले निर्माण तथा निर्देशन गरेको फिल्ममा साहिद कपुर र रनवीर सिंहलाई भन्दा दीपिकालाई ज्यादा पारिश्रमिक दिइएको थियो । भारतीय संचारमाध्यमका अनुसार दीपिकाले ११ करोड लिएकी थिइन् भने रनवीर र साहिदले ७,८ करोड मात्रै पाएका थिए । यो सँगै दीपिका बलिउडमा सबैभन्दा बढी पारिश्रमिक लिने अभिनेत्रीमा गनिएकी थिइन् । तर पछिल्लो खबर अनुसार दीपिकाबाट यो उपाधि कंगनाले छिनेकी छन् ।

भारितय मिडियाका अनुसार कंगनाले ‘मणिकर्णिका’मा अगिल्ला फिल्महरुमा पाउने पारिश्रमिकको दोब्बर १४ करोड पारिश्रमिक लिएकी लिएकी छन् । ‘मणिकर्णिका’ मा कंगनाले रानी लक्ष्मीबाईको चरित्र निर्वाह गरेकी छिन् । फिल्म अर्को बर्षको २५ जनवरीका दिन रिलिज हुँदैछ ।