सुस्मिताले प्रेम सम्बन्ध स्विकारिन् !

- मेराेफिल्म

बलिउड एक्ट्रेस तथा पुर्व  मिस युनिभर्स सुस्मिता सेन आजकल आफ्नो रिलेसनशिपका कारण चर्चामा छिन् । उनी आफु भन्दा धेरै कम उमेरका मोडल रोमन शोलसंग डेट गरिरहेकी छन् । कैयौं पटक यी दुईलाई इभेन्टहरुमा संगै देखिएको थियो । अहिले त यी दुइको विवाहको बारे समेत चर्चा चल्न थालेको छ । भारतीय मिडियामा अर्को बर्ष विवाह गर्ने योजना रहेको आसंका सहितका समाचारहरु बन्न थालेका छन् ।

यी सब शंका उपसंकालाइ चिर्दै सुस्मिताले सफाई दिएकी छन् । उनले एक भिडियो अपलोड गर्दै बताएकी छन्,’जब पुरै दुनियाले शंका नै गर्न थालिसके भने मैले साँचो बोल्ने समय आएको छ । हो मेरो कमिटमेन्ट साचो हो । अहिले विवाह भने गर्दै छैन तर म रोमनसंग खुसी छु ।’

२०७५ कार्तिक २५ गते १४:२७ मा प्रकाशित

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *