शाहरुख खानको ‘मेरे नाम टु’

शाहरुख खान अभिनित फिल्म ‘जिरो’ को गीत ‘मेरे नाम टु’ सार्वजनिक भएको छ । सार्वजनिक गीतमा शाहरुख र अनुष्का शर्मा फिचर्ड छन् । बोगीतलाई इर्शाद कामीलले लेखेका हुन् भने यसमा अजय-अतुलको संगीत रहेको छ ।  गीत अभयले गाएका हुन् ।

फिल्ममा शाहरुख शारीरिक रुपमा होचो व्यक्तिको भूमिकामा देखिएका छन् । आनन्द एल रायको निर्देशनमा तयार भएको यो फिल्म डिसेम्बर २१बाट रिलिज हुँदैछ । २०० करोड भन्दा बढीको० लगानीमा निर्माण भएको जिरो बर्ष २०१८ कै प्रतीक्षित फिल्म मानिएको छ । रेड चिल्लिज इन्टरटेनमेन्ट र कलर एल्लो प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्मलाई गौरी खानले निर्माण गरेकी हुन् ।