सोनाक्षी बिरुद्द पुलिसमा उजुरी

बलिउड अभिनेत्री सोनाक्षी सिन्हालाई झुट बोलेको भन्दै उत्तर प्रदेशका एक व्यक्तिले प्रहरीमा उजुरी दिएका छन् । सोनाक्षी र उनको इभेन्ट कम्पनीले पैसा लिएर पनि कार्यक्रममा नआएको भन्दै प्रमोद शर्माले आरोप लगाएका हुन् ।

शर्माले  आयोजना गरेको एक फेसन ब्यूटी अवार्ड समारोहमा सोनाक्षीलाई अतिथिको रुपमा बोलाइएको थियो । सोनाक्षी आउने तय भएपछि शर्माले सोनाक्षीको बैङ्क अकाउन्टमा पैसा हाल्दिनुको साथै आयोजकले होटेल र फ्लाइट टिकट पनि बुक गर्दिएका थिए । सोनाक्षीका म्यानेजरले दुई पटक सम्म फ्लाइटको टिकट बदलिएका थिए । टिकट बदलिए पनि कार्यक्रम सुरु हुन केही घण्टा बाकी रहँदा नआउने भने पछि उनले पुलिसमा उजुरी हालेका हुन् ।

सोनाक्षी नआए पछि उनका फ्यानहरुले कार्यक्रम स्थलमा हमला गरेका थिए । प्रमोदले उजुरीमा आफूले ३७ लाखको घाटा ब्यहर्नु परेको र उक्त घाटा सोनाक्षीले तिर्नु पर्ने बताएका छन् । उक्त निवेदनका बारे बोल्दै एसएसपी जे रविन्द्र गौडले दुईपक्षलाई राखी छलफल गरी मात्र केशलाई अगाडी बढाउन मिल्ने बताएको भारतीय मिडियाले जनाएको छ ।