घाइते आलिया सुटिंगमा

अभिनेत्री आलिया भट्ट घाइते भएकी छन् । अस्वस्थ अवस्थामा समेत उनले पछिल्लो हप्ता दुई फिल्मको सुटिङ गरिन् । उनी  निर्देशक अयान मुखर्जीको ‘ब्रह्मास्त्र’ र अभिषेक वर्मनको ‘कलंक’को सुटिङ एकैपटक गरिरहेकी हुन् ।

बुल्गेरियामा सुटिङका क्रममा आलियाको खुट्टामा चोट लागेको थियो । ‘ब्रह्मास्त्र’ एक सुपर हिरोको कहानी भएको फिल्म मानिएको छ । आलिया पहिलोपटक फाइटिङ एक्सन फिल्ममा देखिँदै छिन् । भारतीय संचार माध्यमका अनुसार आलिया बुल्गेरियाबाट आएपछि उपचार गर्दै काम समेत गरिरहेकी छिन् । डाक्टरले आराम गर्न भने पनि उनी भने काम मै लागिरहेकी छिन् । उनलाई प्रेमी रणवीर कपुरले हरसम्भव सहयोग गरिरहेका छन् ।