साहरुख र सलमानको ‘इशकवाजी’

फिल्म ‘जिरो’को दोश्रो गीत ‘इशकवाजी’ सार्वजनिक भएको छ । गीतमा फिल्मका मुख्य कलाकार साहरुख खान र केमियो भूमिकामा देखिएका सलमान खानको नृत्य हेर्न सकिन्छ ।

गीतमा अजय–अतुलको संगीत, इर्शाद कमिलको शब्द र सुकविन्दर सिंहको आवाज छ । आनन्द एल राइको निर्देशनमा तयार भएको यो फिल्म डिसेम्बर २१ बाट रिलिज हुँदैछ । रेड चिल्ली इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘जिरो’ मा साहरुखको जोडीको रुपमा कट्रिना कैफ र अनुष्का शर्मा देखिएका छन् ।