अनिलको जन्मदिनमा पोष्टर

भारतिय अभिनेता अनिल कपुरले आफ्नो जन्मदिनको अवसर पारेर एक फिल्मको पोस्टर सार्वजनिक गरेका छन् । छोरी सोनम कपुरसँग अभिनय गरेको पहिलो फिल्म ‘एक लड्कीको देखा तो एसा लगा’ को पोष्टर सार्वजनिक गरेका हुन् ।

पोष्टरमा अनिल कपुर सोनमसँग अंकमाल गरिरहेका छन् । फेब्रुअरी १ तारिक रिलिज हुने यस फिल्ममा अनिल कपुरले सोनम कपुरको बुवाको भूमिका निर्वाह गरेका छन् ।