रजनीकान्तको ‘पेटा’ ट्रेलर

साउथ सुपरस्टार रजनीकान्त अभिनीत फिल्म ‘पेटा’को ट्रेलर सार्वजनिक भएको छ । फिल्ममा रजनीकान्तका अलवा नवाजद्दिन सिद्दीकी, तृषा, बाबी सिम्हा, विजय सेदुपती, सिमरन बग्गाको अभिनय रहेको छ । कार्तिक शुभराजको लेखन तथा निर्देशन रहेको फिल्म जनवरी १० मा रिलिज हुँदैछ । फिल्ममा रजनीकान्तले ‘काली’ पात्रको भूमिकामा अभिनय गरेका छन् ।