मोदी बिरुद्द चुनाव लड्दै प्रकाश राज

बलिउड तथा दक्षिण भारतका प्रभावशाली अभिनेता प्रकाश राज राजनीतिप्रति राम्रो सुझबुझ राख्ने कलाकारमा पर्छन् । उनलाई आफ्नो त्यही राजनीतिक सुझबुझ फिल्मी करिअरमा अवरोध बनेको छ । केही समय अघि राजनीतिक टिप्पणी कै कारण आफू बलिउडमा खाली हात बस्नुपरेको उनले बताएका थिए । उनले फिल्म उद्योगमाथि आरोप लगाउँदै भारतको मोदी सरकार विरुद्ध कडा टिप्पणी गरेका थिए ।

फिल्ममा काम नपाए पनि अब उनी चुनाव लड्ने भएका छन् । सामाजिक संजाल ट्वीटरमा नयाँ बर्षको शुभकामना दिदै चुनाव लड्ने कुराको जानकारी दिएका हुन् । उनले आफु निर्दलीय उम्मेदवारको रुपमा लोकसभाको लागि चुनाव लड्ने जनाएका छन् । उनको चुनाव लड्ने मनसाय प्रकट गरे संगै मोदी बिरोधी पार्टीहरुले आफ्नो पार्टीबाट लड्ने प्रस्ताव राखेका छन् ।

नेसनल अवार्ड विजेता यी कलाकारका अनुसार जबदेखि उनले प्रधानमन्त्री नरेन्द्र मोदीका नीति र सरकार विरुद्ध बोल्न सुरु गरे, तबदेखि बलिउडले उनीसँग सम्बन्ध तोडे जस्तै नै भएको छ ।