रणवीर-आलियाको ‘गल्ली ब्वाई’ ट्रेलर

फिल्म ‘गल्ली ब्वाई’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म र्यापर डिवाइन र नाजीको असली कथामा आधारित छ । फिल्मको मुख्य भूमिकामा रणवीर सिंह र आलिया भट्ट रहेका छन् । फेबु्रअरी १४ भ्यालेनटाइनको दिन अर्थात आगमी शुक्रबारबाट प्रदर्शनमा आउने फिल्मले प्रदर्शन अगावै बर्लिन फिल्म फेस्टिभलमा अत्यन्तै राम्रो प्रतिक्रिया पाउन सफल भएको छ । रितेश सिध्वनी, जोया अक्तर र फराह अक्तरको निर्माण रहेको फिल्ममा निर्देशन जोया अक्तरको रहेको छ ।