अजयको फिल्ममा ‘मुन्नाभाई’ को इन्ट्री

केही समयअघि भारतीय अभिनेता अजय देवगनको नाम एयरफोर्सको जांवाज स्काँडन लिडर विजय कार्णिकको बायोपिकमा जोडिएको समाचार आएको थियो । साथै अहिले आएर यस फिल्ममा ‘मुन्नाभाई’  सञ्जय दत्तको साथमा अन्य चार कलाकारहरुको नाम पनि जोडिएको छ ।

अजय देवगनको आगामी फिल्म ‘भुजः द प्राइड अफ इन्डिया’ मा सञ्जय दत्त, सोनाक्षी सिन्हा, परिणिती चोपडा, राना दगुबत्ति र एमी विर्क पनि देखिने भएका छन् । फिल्ममा अजय देवगनले मुख्य भूमिकामा काम गर्दैछन् ।

टि–सिरिजको मुखिया भूषण कुमारले यस फिल्मको अन्य कलाकारहरुको नाम पनि सार्वजनिक गरेका छन् । कुमारले लेखेका छन्, ‘भुजः द प्राइड अफ इन्डिया’को मुख्य भूमिकामा तपाईहरुलाई स्वागत छ, अजय देवगन, परिणिती चोपडा, सञ्जय दत्त, सोनाक्षी सिन्हा, राना दग्गुबत्ती र एमी विर्क । अभिषेक दुधैयाद्वारा लिखित र निर्देशित ।’ यो फिल्म १९७१ को भारत–पाकिस्तानको युद्धको दौरानमा घटेका वास्तविक घटनामा आधारित हुनेछ ।