बडीगार्डका छोरालाइ ब्रेक दिदै सलमान

भारतीय अभिनेता सलमान खानले धेरै नयाँ कलाकारलाई आफ्ना फिल्ममार्फत बलिउडमा ब्रेक दिएका छन् । अब सलमानले आफ्नै बडिगार्ड शेराका छोरालाई बलिउडमा डेब्यू गराउने भएका छन् । सलमानले बडिगार्डका छोरालाई कुन फिल्मबाट बलिउड प्रवेश गराउँछन् भन्ने टुंगो भने लागेको छैन । शेराका छोरा टाइगरका निम्ति उनले स्क्रिष्ट खोजिरहेको बताइएको छ । टाइगरले ‘सुल्तान’ फिल्ममा सहायक निर्देशकका रूपमा सलमानसँग काम गरिसकेका छन्।

सलमानले ‘दबंग’ मार्फत सोनाक्षी सिन्हालाई भारतीय फिल्म जगतमा भित्रियाए ‘लक्की’ फिल्ममार्फत स्नेहा उलाललाई ‘वीर’ मार्फत जरिन खानलाई ब्रेक दिएका छन् । साथै उनले सुनील सेट्ठीकी छोरी आथिया, आदित्य पञ्चोलीका छोरा सुरज पञ्चोलीदेखि उनले कोरियोग्राफर डेजी शाह लगायत थुप्रैलाई आफ्ना फिल्ममार्फत ब्रेक दिएका छन् ।

सलमान ‘दबङ-३’ को समेत तयारी गरिरहेका छन् ।