जेठ ३ मै ‘दे दे प्यार दे’ (ट्रेलर सहित)

अजय देवगण स्टारर फिल्म ‘दे दे प्यार दे’ को ट्रेलर सार्वजनिक भएको छ । अकिव अलिको निर्देशन रहेको फिल्ममा तबु, दक्षिण भारतीय अभिनेत्री राकुल प्रीत सिंह लगायतको अभिनय रहेको छ । तरुण जेन र लभ रन्जनले लेखेको फिल्म भुषण कुमार, क्रिषण कुमार, लभ रंजन र अंकुर गर्गले निर्माण गरेका हुन् । फिल्ममा कम उमेरकी युवती संगको अजयको सम्बन्ध देखाइएको छ । मे १७मा प्रदर्शनमा आउने फिल्मले नेपालमा सोहि दिनबाट प्रदर्शनमा आउने फिल्म विरविक्रम २ र जात्रै जात्राको व्यापारलाई असर गर्ने देखिएको छ  ।