ठीक भए इरफान जोडीए नयाँ फिल्ममा

बिरामी भएर उपचार गराइरहेका भारतीय कलाकार इरफान खान भारत फर्किएका छन् । उनले भारत फर्किएसंगै नयाँ फिल्मको काम सुरु गरेका छन् ।

इरफानले आफ्नो नयाँ फिल्म ‘अंग्रेजी मिडियम’को छायांकन सुरु गरेका हुन् । फिल्मको छायांकन उदयपुरबाट सुरु भएको हो । फिल्मलाई होमी अडजानियाले निर्देशन गर्दैछन् भने दिनेश विजन निर्माता हुन् । इरफान खान गम्भिर बिरामी भएपछि आफ्नो स्वास्थ्यलाभका लागि भगवानसँग प्रार्थना गर्न आग्रह गरेका थिए । तर, अब उनी फिल्ममा फर्किएका छन् ।