‘किल द लभ’ ले भंग गर्यो ‘गङनम स्टाइल’ को रेकर्ड

दक्षिण कोरियाका गायिकाहरूको सांगीतिक समूह ‘ब्ल्याकपिंक’ को गीत ‘किल द लभ’ ले युट्युबमा अर्का कोरियन गायक पिएसवाईको विश्वचर्चित गीत ‘गङनम स्टाइल’ को कीर्तिमान भंग गरेको छ। पिएसवाईको सो गीत सन् २०१२ मा रिलिज भएको गीतलाई ‘किल द लभ’ ले ३ दिनमा उक्त रेकर्ड भंग गरेको युट्युबले पुष्टि गरेको छ । यस गीतले सर्वाधिक छिटो सय मिलियन भ्यूज कटाउने गीतको कीर्तिमान बनाएको हो ।

अप्रिल ४ मा रिलिज भएको गीतलाई हालसम्म १४४ मिलियन पटक हेरिसकिएको छ । गीतले रिलिज भएको २४ घण्टामा ५६।७ मिलियन पटक हेरिएको उसले जनाएको छ। बिगत १५ वर्षमा नम्बर १ मा पुग्ने पहिलो महिलामात्रको सांगीतिक समूह हो । सन् २०१६ मा स्थापित समुहमा जिसो, जेनी, रोज र लिसा गरी चार सदस्य रहेका छन् ।