‘स्त्री’ सिक्वेल बन्ने

पछिल्लो बर्ष राज कुमार राव र श्रद्धा कपुर अभिनित फिल्म सार्वजनिक भएको थियो । यो कमेडी हररफिल्मलाइ दर्शकले रुचाएका थिए । बक्स अफिसमा समेत फिल्म सफल थियो । हाल फिल्मको सिक्वेल बन्ने चर्चा छ । उक्त फिल्मको स्क्रिप्टमा काम भैरहेको भारतीय संचार माध्यमले बताएका छन् । फिल्म अघिल्लो बर्ष अर्थात २०२०मा छायांकनमा जाने तयारि निर्माण टिमको रहेको छ । फिल्म पहिलाको भन्दा राम्रो बनाउन पर्ने मेकर्सलाइ प्रेसर छ । त्यसै कारण स्क्रिप्टको काम जोड तोडका साथ भैरहेको छ । सिक्वेलमा पुरानै कास्टलाइ लिने बताइएको छ ।

स्त्री फिल्म अमर कौशिकले निर्देशन गरेका थिए । फिल्मा स्त्री नामकी भुतले मानिसको अपहरण गर्ने गर्थी । फिल्ममा श्रद्धा र राजकुमारको अलावा अपारशक्ति खुराना, पंकज त्रिपाठीले समेत अभिनात्य गरेका थिए । फिल्म दिनेश विजानले निर्माण गरेका थिए ।