धनुष अभिनित हलिउड फिल्मको ट्रेलर सार्वजनिक

दक्षिण भारतीय फिल्म स्टार धनुष अभिनित हलिउड फिल्म ‘द एक्स्ट्रा अडिनरी जर्नी अफ फकिर’ को ट्रेलर सार्वजनिक गरिएको छ । धेरै फिल्म फेस्टिभलमा प्रदर्शन भैसको फिल्म जुन २१बाट विश्वभरको फिल्म हलमा प्रदर्शन हुँदैछ । फिल्म रोमनको ‘पुर्टोलस्’ नाम चर्चित पुस्तकमा आधारित रहेर निर्माण गरिएको छ । फिल्मको कथा पेरिस यात्रामा रहेको एक भारतीय जादुगरको वरिपरि घुमेको छ । जसले विश्वभरका शरणार्थीको समस्या समाधान गर्ने सपना देख्छ ।

केन स्कार्टले निर्देशन गरेको फिल्मलाई सौरभ गुप्ता, गुलजार सिंह, चहल, अदिती आनन्द, समिर गुप्ता, ल्युक बोसी, जैमे मातेस आलोचना, ग्रीगोइरे लेसाल्ले, जेनेवीवे लगायतको टिमले निर्माण गरेको हो । फिल्ममा धनुषका अलवा बेर्निस बेजो, आयन मोरार्टी, बार्काड अब्दी, बेन मिलर, जेरार्ड जुनौट, अर्मुत सन्त, हार्दिक सिंह लगायतका कलाकारको अभिनय रहेको छ ।