सलमानको ‘कभी ईद कभी दिवाली’ मा पूजा हेग्डे

केहि दिन अघि सलमान खानले आफ्नो आगामी फिल्म ‘कभी ईद कभी दिवाली’ को घोषणा गरेका थिए । अब यस फिल्ममा सलमानको जोडीको रुपमा पूजा हेग्डे खेल्ने खबर बाहिरिएको छ । फिल्मका निर्माता साजिद नाडियाडवालाले उक्त कुरा खुलाएका हुन् ।
नाडियाडवालाले पर्दामा पूजाको उपस्थिति गज्जबको देखिने र सलमान सँग उनको जोडी पनि राम्रो देखिने बताए । निर्माता स्वयम् ले नै फिल्मको स्क्रिप्ट पनि लेखिरहेका छन् । फिल्मको घोषणा लगत्तै फिल्ममा सलमानको हिरोइन को हुन्छ होला भन्नेर उनका प्रसंशकहरुमा कौतुहलता उब्जेको थियो ।
पूजाले सन् २०१२ मा ‘मुगामोदी’ बाट तमिल फिल्ममा र सन् २०१६ मा आशुतोष गवारिकरको फिल्म ‘मोहन्जो दारो’ बाट हिन्दि फिल्ममा डेब्यु गरेकी थिइन् । उनले मिस युनिभर्स इन्डिया २०१० मा सेकेन्ड रनर-अप को उपाधि जितेकी थिइन् । पूजाले आफु सलमान खानको ठुलो फ्यान रहेको र सँगै फिल्म गर्ने कुराले आफु उत्साहित रहेको बताएकी छिन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया