‘दि फ्रेन्च डिस्प्याच’ को ट्रेलर रिलिज

हलिवुड निर्देशक वेस एन्डरसनको नयाँ फिल्म ‘दि फ्रेन्च डिस्प्याच’ को ट्रेलर रिलिज गरिएको छ । कमेडी ड्रामा जनराको यो फिल्ममा टिल्डा स्विन्टन, फ्रान्सेस म्य्कडोरमन्ड, बिल मुरे, जेफ्री राइट, एड्रियन ब्रोड़ी, बेनिसियो डेल टोरो, वएन विल्सन, तिमोथे साल्मेत लगायतका चर्चित कलाकारहरु अभिनय रहेको छ ।

 

प्रेस रिलिजका अनुसार फिल्म बिसौ शताब्दीको फ्रान्सको एक काल्पनिक शहरमा भएका अमेरिकी पत्रकारहरुको लागि एक प्रेमपत्र हो र फिल्मले त्यहि परिवेशमा प्रकाशित हुने म्यागजिन ‘दि फ्रेन्च डिस्प्याच’ मा प्रकाशित भएका कथाहरु पेश गर्नेछ । फिल्ममा छुट्टा छुट्टै तिन कथाहरु प्रस्तुत गरिने छ । फिल्मको पटकथा एन्डरसन आफैले लेखेका हुन् । यो एन्डरसनको दशौ फिल्म हो । फिल्म जुलाई २४ मा रिलिज हुनेछ ।

एन्डरसन फिल्म निर्माण गर्ने आफ्नो छुट्टै स्टाइलले प्रख्यात छन् । उनका तिन फिल्महरु ‘दि रोयल टेनेनबौम्स’, ‘मुनराइज किङ्गडम’ र ‘दि ग्रयाण्ड बुडापेस्ट होटल’ बिबिसीले गरेको सर्वेको आधारमा सन् २००० पछिको महान फिल्महरु मध्ये परेका थिए ।