फिल्मस्टारको तस्विरबाट यसरी बनाउछन्, डब्बु रत्नानी क्यालेन्डर

विगत २५ वर्ष देखि भारतीय फिल्म इंडस्ट्रीमा आफ्नो काम र मिजासिलो व्यवहारको लागि चिनिएका फेसन फोटोग्राफर डब्बु रत्नानीले २०२० को क्यालेन्डर लन्च  गरिसकेका छन् ।

उनले फिल्मस्टारहरुको तस्विरहरुबाट क्यालेन्डर बनाएको यो २१ औ वर्ष हो । यसपटक उनले १४ स्टारहरुको तस्विरहरु प्रयोग गरेका छन् । सनी लियोनी, विद्या बालन, भूमि पेडनेकर, सैफ अली खान, जोन अब्राहम, विक्की कौशल, वरुण धवन, अनन्या पांडे, कार्तिक आर्यन, अनुष्का शर्मा, कियरा आडवाणी, कृति सेनन, परिणीति चोपड़ा र टाइगर श्रॉफ क्यालेन्डरमा अटाएका छन् । भूमि र कियरा क्यालेन्डरमा टपलेस देखिएका छन् ।

डब्बुले क्यालेन्डर कसरि बनाउछन्, बुझौ उनकै भाषामा :

डिसेम्बरमा मेरो फोन आउछ भन्ने सबैलाई थाहा छ
सेलेब्रेटीहरु मलाई साथी समान मान्छन् र पुरा हृदयले मलाई जे चाहिन्छ त्यो गर्न तयार हुन्छन । शाहरुख र अमिताभ जस्ता स्टारहरु सन् २००० को मेरो पहिलो क्यालेन्डर बाटनै म संगै छन् । अब त यो परम्परा जस्तो बनिसकेको छ । तर म सधै केहि नयाँ प्रतिभाहरुलाई पनि लिन्छु जसको कारणले विविधता देखिन्छ । सबैलाई थाहा छ कि डिसेम्बरमा डब्बु रत्नानीको फोन आउनेछ । यसको एउटा कारण यो पनि हो कि मेरो क्यालेन्डर ब्यवसाइक प्रयोजनको लागि होइन ।

सन् २००० मा पहिलो क्यालेन्डर १००० प्रति छापिएको
मैले पहिलो पटक सन् २००० मा क्यालेन्डर रिलिज गरेको थिए । त्यति बेला मानिसहरु मिलेनियम र Y2K को कुरा गर्थे । त्यतिबेला मैले १२ तस्विरहरु प्रयोग गरेर १००० प्रति क्यालेन्डर छापेको थिएँ । यो मेरो तर्फ बाट बलिवुडलाइ नयाँ बर्षको उपहार थियो । मैले मात्र एक फोटोग्राफरको रुपमा त्यो काम गरेको थिए तर त्यसबाट राम्रो प्रतिक्रियाहरु आयो र त्यहि उत्साहमा मैले सन् २००१ मा फेरी क्यालेन्डर छाप्ने निर्णय गरें ।

क्यालेन्डरबाट मिल्यो सफल फोटोग्राफरको पहिचान
मेरो बिश्वास गर्नुस, मेरो क्यालेन्डर एक ट्रेन्ड बनिसकेको देखेरे म आफै अचम्मित थिए । बिस्तारै बिस्तारै मेरो काम मानिसहरुले धेरै मन पराउन थाले । हुनत शुरुवाती चरणमा सामाजिक संजाल त्यति मजबुत थिएन जसले मेरो काम धेरै मानिसहरु माझ पुगोस । तरपनि क्यालेन्डरको कारणले मेरो पोर्टफोलियो बलियो भयो र बिस्तारै बिस्तारै एक सफल फोटोग्राफरको रुपमा चिनिन थालें ।

अहिले ५००० भन्दा बढी प्रति छापिन्छन्
आजकल म क्यालेन्डरको ५००० भन्दा बढी प्रिन्ट  छाप्छु, जुन म फिल्म स्टारहरु, मिडियाकर्मीहरु र अन्य ग्राहक हरुलाई पठाउछु । उनीहरुलाई हरेक वर्ष मेरो क्यालेन्डरको प्रतीक्षा रहिरहन्छ । क्यालेन्डरको शुटिंग गर्न, छाप्न र कुरियर गरेर पठाउनको लागि धेरै लागत लाग्छ तर यसैको कारण मैले नयाँ नयाँ काम पाउछु र मेरो करियर अगाडी बढ्छ । यसले मलाई काम गर्ने उर्जा दिन्छ । म अब नयाँ के गर्ने भनेर सोच्छु ।

अभिनेता भन्दा अभिनेत्री हरु बढी समय लिन्छन्
सबै स्टारहरु आफै नै उत्साहित हुन्छन् । अहिलेको डिजीटल युगमा रिजल्ट तुरुन्तै देखिन्छ र तुरुन्तै मिलाउन पनि सकिन्छ । पहिले फोटो छापिने बेलासम्म कुर्नु पर्थ्यो । कलाकारहरु संग शुटिंग त छिटै नै हुन्थ्यो तर सजिलो भने हुदैन । अभिनेताहरु कपडा लगाएर तयार भएर आउछन, १५ मिनेटमा मेकअप हुन्छ र तस्विर लिन शुरु हुन्छ । तर अभिनेत्रीहरु संग ड्रेसिंग देखि लिएर कपाल मिलाउन, मेकअप गर्न धेरै समय लाग्छ ।

१०० एङ्गल  हेरेर २४ एङ्गल  बाट खिच्छु
म अनेक कन्सेप्ट बारे सोच्छु । तस्विरलाइ १०० एङ्गल  बाट हेर्छु र सबै कलाकारहरुलाइ उनीहरुलाइ सुहाउने ३-४ आइडियाहरु मेल गर्छु । अनि उनीहरुलाइ सबैभन्दा मन पर्ने कन्सेप्टमा काम गर्छौ । हामी सबै प्रयोगवादी छौ । धेरैजना ले नयाँ केहि ट्राइ  गरौ भनिरहन्छन् । क्रिएटीविटी को कुनै सिमानै हुदैन । क्यालेन्डरको लागि २५ अलग अलग तस्विर लिन्छु । हरेक तस्विरले फरक फरक कथा भन्छ । क्यालेन्डर लन्चको बेला हरेक स्टारको आफ्नो अलग अलग मनपर्ने तस्विर हुन्छ ।

(स्रोत : दैनिक भास्कर)