के सँग डराउछन् विक्की कौशल ?

भारतीय अभिनेता विक्की कौशलले एक अन्तरबार्तामा डरको बिषयमा बोलेका छन् । उनले आफुलाई सबैभन्दा बढी डर पानि संग लाग्ने अर्थात् आफु हाइड्रोफोबिक भएको बताए । उनले आफ्नो सबै भन्दा ठुलो डरलाग्दो कल्पना – ‘समुन्द्रको बीचमा एक डुंगामा एक्लो भएको क्षण’ भनेका छन् ।

विक्किले हरर फिल्महरु आफुलाई मन पर्ने र आफु भन्दा डराउने साथीहरुसंग बसेर हरर फिल्म हेर्ने गरेको बताए । विक्की बलिवुडमा कुशल अभिनेताहरु मध्ये पर्छन । उनि अभिनित हरर फिल्म ‘भुत : द हन्टेड शिप’ अहिले प्रदर्शनरत छ । फिल्मले राम्रै प्रतिक्रियाहरु पाइरहेको छ ।