रेलमा गीत गाउथे – आयुष्मान खुराना

भारतीय कलाकार आयुष्मान खुरानाको नयाँ फिल्म ‘शुभ मंगल ज्यादा सावधान’ ले दर्शकको प्रसंसा बटुल्न सफल भएको छ । हितेश केवल्या निर्देशित फिल्मले बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।  आयुषको पछिल्ला फिल्महरु झैँ यो फिल्मबाट समेत दर्शकले मनोरन्जन लिएका छन् ।  समलिंगीको कथामा बनेको फिल्मको बिषय समेत चाखलाग्दो भएको कारण दर्शक फिल्मलाई लिएर उत्साहित छन् ।  आफ्नो फिल्मको बिषयमा आएको सकारात्मक प्रतिक्रिया देखेर खुराना  खुसी छन् ।

आज हामी भने उनको बलिउड यात्राको बिषयमा चर्चा गर्दै छौ:
उनले आफ्नो पहिलो फिल्म छान्न लामो समय लिएका थिए ।  उनी भन्छन्,’मैले कम्तिमा ५, ६ वटा फिल्म रिजेक्ट गरे ।  त्यसपछी बल्ल राम्रो फिल्म पाएको थिए । ‘ उनको जीवनमा यस्तो समय पनि थियो रे, तब उनी रेलमा गीत गाउथे । थिएटर शोमा जाने समय उनी रेलका यात्रुलाई एक ठाउ जम्मा गरेर गीत गाउथे । ट्रेनमा गाएको कारण नै अझै पनि आफु राम्रो गाउने सोच्छन, खुराना ।

उनले नेपोटिजमको बिषयमा समेत बोलेका छन् । आफु बाहिरबाट आएको कारण दोश्रो मौका मिल्दैन भन्नेमा उनी बिश्वस्त थिए ।  तर कति स्टार किड भने आफैमा क्षमतावान समेत छन् ।  पहिलो ब्रेक त मिल्छ स्टारकिडलाई ।  तर आफुलाई प्रमाणित भने जो कोहिले मेहेनत गर्नु नै पर्छ ।  यदि मैले आधा मेहेनत गरे भने पनि दर्शकले आफ्नै मेहेनत हो यो, भन्छन ।  तर स्टारकिडको सतप्रतिसत मेहेनतले समेत दर्शकलाई सन्तुस्टी दिदैन । उनी भन्छन् ।