सौरभ गांगुलीको बायोपिक बन्ने

पूर्व भारतीय क्रिकेटर सौरभ गांगुलीको बायोपिक बन्ने खबरहरु आइरहेको छ । खबरका अनुसार निर्माता निर्देशक करन जोहरले फिल्मको लागि सौरभ संग धेरै पटक भेटघाट र छलफल गरिसकेका छन् ।

सौरभ गांगुलीला ‘दादा’ भनेर सम्बोधन गर्ने गरिन्छ, त्यसकारण फिल्मको नाम पनि ‘दादागिरी’ हुनसक्ने बताइएको छ । अहिले फिल्मको लागि मुख्य कलाकारको खोजि भैरहेको छ । फिल्मको आधिकारिक घोषणा भने गरिएको छैन ।

पछिल्लो समय बलिवुडमा धेरै खेलाडीहरुको बायोपिक बनिरहेको छ । एम एस धोनीको बायोपिकलाई मानिसहरुले मन पराएका थिए भने ‘मेरीकोम’, ‘दंगल’, ‘भाग मिल्खा भाग’, ‘सुरमा’, ‘गोल्ड’ को पनि प्रसंशा भएको थियो । क्रिकेटर मिताली राजको बायोपिक पनि बन्ने क्रममा छ । त्यस्तै कपिल देवको कप्तानीमा भारतले सन् १९८३ को क्रिकेट वर्ल्ड कप जित्दाको कथा रहेको फिल्म ‘८३’ अप्रिल १० मा रिलिज हुदैछ ।