रघुबीर यादवलाई पत्नीले लगाईन धोकाको आरोप

अभिनेता रघुबीर यादवलाई उनकी पत्नी पुर्णिमाले धोकाको आरोप लगाएकी छिन् । रघुबीर र अभिनेता संजय मिश्राकि पत्नी बीच सम्बन्ध रहेको र उनीहरुको १४ वर्षको छोरा पनि भएको आरोप पुर्णिमाले लगाइन् । एक न्यूज पोर्टल सँग कुरा गर्दै उनले आफ्नो विबाहको ७ वर्ष पछि अभिनेत्री नन्दिता दास सँग पनि रघुबीरको सम्बन्ध रहेको बताइन् । उनले १० करोड क्षतिपूर्ति माग गर्दै सम्बन्ध बिच्छेदको लागि निबेदन पनि दिएकी छिन् ।

रघुबीर र पुर्णिमा अलग अलग बस्छन् । उनीहरुको एक ३० वर्षीय छोरा छन् जो पुर्णिमा सँग बस्छन् । रंगमंच, टेलिभिजन र फिल्ममा पनि अभिनय गरेका रघुबीरले ‘सलाम बम्बे’, ‘लगान’ लगायतक चर्चित फिल्महरुमा काम गरेका छन् । पुर्णिमा भने अन्तरराष्ट्रिय स्तरकि कथ्थक डान्सर हुन् ।