फुटबल मन पराउने टाइगरको ३०औं जन्मदिन

सन् १०९० मार्च २ मा जन्मिएका भारतीय अभिनेता टाइगर श्रफको आज ३० जन्मदिन । नृत्य, अभिनय र एक्सनमा दमदार मानिएका श्रफलाई मेरो फिल्मको तर्फबाट जन्मदिनको शुभकामना ।
जन्मदिनको अवसरमा आज हामी उनको केहि बिषयमा चर्चा गर्दै छौ ।
हुन त उनी स्टार किड हुन । सामान्य रुपमा हेर्दा यहि कारणले उनको बलिउड डेब्यु सहज थियो। तर यो क्षेत्रमा टिकेर रहन अभिनय नै जरुरी छ । हैन भने धेरै स्टार किड आएर गएको स्थिति रहदैन थियो । यस अर्थमा टाइगरले आफुलाई अब्बल साबित गरेका छन् । दर्शकले पत्याएका छन्, उनलाई ।
डेब्युको समयमा उनको बाहिरी आवरणलाई लिएर धेरै नै टिप्पणी गरियो । तर फिल्म प्रदर्शन भएसंगै उनको क्षमताको कदर भयो । समिक्षकको नजरमा समेत सफल साबित भए, उनी ।
बाबु ज्याकी श्रफका छोरा, भनेर चिनाउनु अब जरुरी देखिएन । फिल्म क्षेत्र प्रवेश गर्नु अगावै टाइगरले प्राप्त गरेको तालिमका कारण आमिर खानका लागि धुम ३ फिल्ममा तयारी गर्न तालिम दिएका थिए । उनलाई फिल्ममा डेब्यु गराउने रहर आमिरले देखाए पनि उनले फिल्म हिरोपन्थीबाट सफल डेब्यु गरे ।
फिल्म डेब्यु गर्नु अघि उनलाई एक टेलिभिजन शोको लागि समेत अफर गरिएको थियो । उनले हाल सम्म हिरोपन्थी, बागी सिरिज, मुन्ना मिचेल, स्टुडेन्ट अफ द इयार २, वार लगायत फिल्ममा काम गरका छन् । उनलाई सानो उमेरमा अभिनय भन्दा बढी फुटबल खेलमा रुची थियो ।

यस्तो छ शाहरुखले अक्षयकुमारसँग फिल्ममा काम नगर्नुको राज

यस्तो छ ‘कान्तरा’को प्रिक्वेलको फस्टलुक

शुक्रबार फिल्म रिलिज भयो, आइतवारसम्म हामी गरिब भयौँः फराह खान

टाइगर-३ निर्माण खर्च ३०० कराेड, कलेक्सन ४०० करोड क्लबको हाराहारीमा

‘डंकी’को ‘लुट पुट गया’ गीतमा साहरुख र तापसीको रोमान्स

‘द किङ्ग’मा एकसाथ देखिदै साहरुख–सुहाना

बक्स अफिसमा ‘टाइगर ३’ले अपेक्षित कमाई गर्न किन सकेन ?

प्रतिक्रिया