‘सुर्यवंशी’ ट्रेलर

रोहित शेट्टी निर्देशित फिल्म ‘सुर्यवंशी’ को ट्रेलर सार्बजनिक गरिएको छ । ट्रेलर ४ मिनेट १५ सेकेन्ड लामो छ । सन् १९९३ को बम काण्डमा आधारित रहेको फिल्ममा अक्षय कुमारले एन्टी टेरोरिस्ट स्क्वाड अफिसरको भूमिका निभाएका छन् ।

फिल्ममा कट्रिना कैफ, गुलसन ग्रोबर, ज्याकी श्रफ, जावेद जाफ्री लगायतको अभिनय रहेको छ । त्यस्तै फिल्ममा रणवीर सिंह र अजय देवगन पनि छन्, उनीहरु ‘सिम्बा’ र ‘सिङ्घम’ को चरित्रमा देखिएका छन् ।

फिल्मलाई माहाराष्ट्र सरकारले हलमा चौबिसै घण्टा प्रदर्शन गर्न सकिने अनुमति दिएको छ भने फिल्म पूर्व निर्धारित मिति भन्दा ३ दिन पहिले नै मार्च २४ मा रिलिज गरिदैछ ।