कोरोना भाइरसले बलिवुड प्रभावित

यतिबेला विश्वभर नै कोरोन भाइरसको सन्त्रास छाईरहेको छ । यस बाट फिल्म उद्योग पनि अछुतो छैन । बिस्तारै बिस्तारै बलिवुड फिल्म उद्योगमा यसले प्रभाब पार्न थालेको छ ।

केहि दिन अघि कोरोन भाइरसको कारण ‘राधेः योर मोस्ट वान्टेड भाई’ को थाईल्याण्ड शुटिंग रद्ध गरेर त्यसको सट्टा मुम्बईमा शुटिंग गरिने खबर आएको थियो । सलमान खान, रणदीप हुड्डा, दिशा पाटनी र जैकी श्राफ मुख्य भूमिकामा रहेको फिल्मलाई प्रभु देवाले निर्देशन गरिरहेका छन् ।

भर्खरै करण जोहर निर्देशित फिल्म ‘तख्त’ को शुटिंग पनि प्रभावित भएको खबर आएको छ । फिल्मको शुटिंग जयपुर र जैसलमेरमा हुनेवाला थियो । फिल्ममा रणवीर सिंह, विकी कौशन, करीना कपूर, आलिया भट्ट, जाह्नवी कपूर, भूमि पेडनेकर र अनिल कपूर मुख्य भूमिकामा देखिनेछन् । फिल्म सन् २०२१ को डिसेम्बरमा रिलिज हुनेछ ।

त्यस्तै खबरहरुको अनुसार अक्षय कुमार र मानुषी चिल्लरको ‘पृथ्वीराज’ को राजस्थानमा हुनुपर्ने शुटिंग रद्द गरेर मुम्बईमा सारिएको छ । कार्तिक आर्यन र कियारा अडवाणीको फिल्म ‘भुल भुलैया – २’ को राजस्थानको माण्डवामा गर्ने भनिएको शुटिंगलाई लखनउमा सारिएको छ । भाइरसकै कारण इरफान खान र राधिका मदनको ‘अंग्रेजी मिडियम’ को रिलिज मिति सर्ने हल्ला पनि चलिरहेको छ ।

कोरोना भाइरसकै कारण केहि दिन अघि दिपिका पादुकोणले आफ्नो पेरिस भ्रमण रद्द गरेकी थिइन् । उनि एक फेशन शो को लागि पेरिस जाने कार्यक्रम थियो ।

चिनबाट शुरु भएको कोरोना भाइरसको प्रकोपले ३००० भन्दा बढीको ज्यान गैसकेको छ । भारतमा अहिले सम्म ४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।