९७ वर्षीय दिलीप कुमार ‘सेल्फ क्वारेन्टाइनमा’

कोरोना भाइरसको संक्रमणबाट बच्न अग्रज बलिउड अभिनेता दिलिप कुमार सेल्फ क्वारेन्टायनमा बसेका छन्। ९७ वर्षीय दिलिपले सोमबार अबेर राति सामाजिक सञ्जालमा आफू सेल्फ क्वारेन्टाइनमा बसेको बताएका छन्।

उनले ट्विटरमा भनेका छन्, ‘ कोरोना भाइरसको प्रकोप सुनेर म पुरै क्वारेन्टाइनमा बसेको छु। मलाइ कुनै प्रकारको संक्रमण नहोस भनेर सायराले सबै जिम्मेवारी लिएकी छिन्।’

यसका साथै दिलिप कुमारले अर्को ट्विट गर्दै भनेका छन्, ‘ मेरो तपाइहरुसँग अनुरोध छ, सबैजना सुरक्षित रहौं। स्वास्थ्य विभागले जारी गरेको निर्देशनहरु हामी सबै पालना गरौं। आफूलाइ सँधै सुरक्षित तथा जोखिमलाइ कम गरेर अरुलाइ पनि बचाऔं’।