नयाँ लुक्समा साहरुख खानका छोरा

बलिउड फिल्म उद्योगमा बादशाह शाहरुख खान जति चर्चित छन् उनका छोराछोरी पनि त्यतिकै चर्चामा आउने गरेका छन् बेलाबेलामा ।

भर्खरै शाहरुख खानकी छोरी सुहाना खानले नयाँ लुक्समा देखिएर चर्चा बटुलिरहेकी छिन।

यस्तै शाहरुख खानको छोरा आर्यन खान पनि नयाँ लुक्समा देखिएका छन् भने सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । नयाँ लुक्समा आर्यनको दाह्री पलाएको देखिएको छ भने चश्मा नयाँ स्टाइलमा लगाएको देखिन्छ।

यसका साथै उनि आफ्नो साथीहरुसँग रमाइरहेको र मोबाइलमा सेल्फी खिचिरहेको देखिएका छन् ।

यस्तै सामाजिक सञ्जालमा आर्यन र सुहानाको तस्बिर पनि भाइरल भइरहेको छ ।