शबाना आजमी पूर्ण स्वस्थ, बुडापेस्टमा शुटिंगमा ब्यस्त

जनवरीमा कार दुर्घटनामा परेकी बलिवुड अभिनेत्री शबाना आजमी पूर्ण रुपले स्वस्थ भैसकेकी छिन् र अहिले शुटिंगको लागि बुडापेस्टमा छिन् । उनि स्टेभेन स्पिल्बर्ग कार्यकारी निर्माता रहेको सिरिज ‘हेलो’ मा काम गरिरहेकी छिन् । शबानाले आफु फेरी काममा फर्किन पाएकोमा खुशी भएको बताएकी छिन् ।

जनवरी १८ मा शबाना आजमी चढेको कार मुंबई-पुणे एक्सप्रेस हाइवेमा दुर्घटनाग्रस्त भएको थियो । उक्त दुर्घटनाबाट शबानाको टाउको र अनुहारमा चोट लागेको थियो । दुर्घटना पश्चात उनको घाइते अनुहार सहितको फोटोहरु सामाजिक संजालहरुमा आएका थिए जसका कारण उनको परिवार चिन्तामा परेको थियो ।