आमालाई जन्मदिनमा करणको यति मीठो शुभकामना

भारतीय फिल्मकर्मी करण जौहरले बुधवार सामाजिक संजालमा एक पोस्ट गरेका थिए । आफ्नी आमा हिरुको जन्मदिनको अवसरमा उनले शुभकामना दिएका छन् । उनको  जन्मदिनमा केहि सोशल मिडियामा आमाका साथमा रहेका तस्विर सेयर गरेका थिए । यसको साथ्मा उनले आमाको लागि भावनात्मक पोष्ट लेख्दै आमालाई ‘बढी प्रेम’ भनेका छन् ।

उनले लेखेका छन्,’मेरो पंख भन्दा तलको हावा, मेरो आवाजको कारण, मेरो सानो ठुलो बिषयको ध्यान राख्ने मान्छे, र मेरो जीवन कै महत्वपुर्ण प्रेम, आमा, म तपाइँलाई धेरै मायाँ गर्छु हिरु जौहर तपाइँलाइ जन्मदिनको शुभकामना ।