कोरोनाका कारण जापानी कमेडियन शिमुराको मृत्यु

कोरोना भाइरसको संक्रमणका कारण जापानी कमेडियन केन शिमुराको मृत्यु भएको छ । ७० वर्षीय शिमुरालाई संक्रमणपछि निमोनिया भएको र सोही कारण आइतबार मृत्यु भएको एजेन्सीले जनाएको छ ।

उनी मार्च २० मा अस्पताल भर्ना भएका थिए । निमोनियाले ग्रस्त उनमा  २३ तारिख कोरोना भाइरस पोजिटिभ देखिएको थियो । ७० को दशकबाट आफ्नो कलाकारिता सुरु गरेका शिमुरा जापानका सबैभन्दा बढी चर्चित कमेडियनमध्येका एक हुन ।