कोरोनासँग लडिरहेका महिलाहरुलाई प्रियंकाले एक लाख डलर सहयोग गर्ने

अभिनेत्री प्रियंका चोपडाले कोरोनाको संकटसँग संघर्ष गरिरहेका महिलाहरुलाई सहयोग गर्ने भएकी छिन् । उनले यस संकटको डटेर समान गरिरहेका महिलाहरुलाई एक लाख डलर सहयोग गर्ने निर्णय गरेकी हुन् ।
उक्त कुराको जानकारी उनले आफ्नो इंस्टाग्राम मार्फत दिएकी छिन् । उनले लेखेकी छिन् – ‘हामी यस्तो संकटको बेला पनि लडिरहेका महिलाहरुलाई कुल एक लाख डलर सहयोग गर्दैछौ । यदि तपाईहरुलाई कोहि त्यस्तो महिलाको बारे थाहा छ भने हामीलाई भन्नुस्, उहाँको कथा हामीलाई भन्नुस्’ । सम्पर्क गर्नको लागि उनले आफ्नो इंस्टाग्राममा एक लिंक पनि दिएकी छिन् ।
यस अघि प्रियंका चोपडा र पति निक जोनसले यूनिसेफ, फिडिंग अमेरिका, डक्टर्स विदाउट बोर्डर्स, नो किड हंग्री, गिभ इंडिया, आईएएचवी, फ्रेन्ड्स अफ एसिया र पीएम केयर फंड लाई आर्थिक सहयोग गरिसकेका छन् ।

क्रिसमसमा साहरुखको ‘डंकी’सँग प्रभाषको ‘सलार’ भिड्ने

५ सय करोड क्लबमा साहरुखको ‘जवान’

शिल्पा सेट्टीको फिल्मले ३० लाख पनि व्यापार गरेन

‘झकास’ बोल्न अनिल कपूरको अनुमति अनिवार्य

ओटिटीमा ‘जवान’को समय २० मिनेट बढ्ने, २ सय ५० करोडमा विक्री

पठान र जवानका कारण बक्सअफिसमा शाहरुखको हजार करोडको रेकर्ड

सामन्थाको इन्स्टाग्राममा नागाका तस्वीर, के पुनः एक हुँदैछन् ?

प्रतिक्रिया