‘भगवान श्रीराम हाम्रो सभ्यताको सबैभन्दा महत्वपुर्ण प्रतिक’ – कंगना रनावत

रामनवमीको अवसर पारेर अभिनेत्री कंगना रनावतले एक भिडियो पोष्ट गरेकी छिन् । भिडियोमा उनले भगवान रामको बारेमा आफ्नो विचारहरु राखेकी छिन् । साथै त्यसै सम्बन्धित आफ्नो जीवनको एक किस्सा पनि सुनाएकी छिन् ।

टिम कंगना रनावत को इंस्टाग्राममा पोष्ट गरिएको भिडियोमा सबैलाइ राम नवमीको शुभकामना दिदै उनले भगवान श्रीराम हाम्रो सभ्यताको सबैभन्दा महत्वपुर्ण प्रतिक रहेको बताएकी छिन् । रामले मानबजातिलाई सिकाएको सबैभन्दा उत्कृष्ट कर्म ‘त्याग’ भएको उनले बताईन् । उनले आफु १९ बर्षको हुँदा एक फिल्मको छायांकनको क्रममा धुम्रपान गरेको र बिस्तारै त्यसको लत बसेको प्रसङ्ग सम्झिदै पछि भगवान रामले सिकाएको ‘त्याग’ को मार्गमा लागेर आफुले धुम्रपान छोडेको, गलत साथीहरुको संगत छोडेको बताइन् । ‘त्याग’ कै कारण आफुले आफ्नो जीवनमाथि नियन्त्रण राख्न सकेको उनले भनिन् ।