दुवै छोरीसँगै निर्माता करिम मोरानीलाई पनि कोरोना भाइरसको संक्रमण

बलिउड निर्माता करिन मोरानीमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । केहि दिन अघि उनका दुई छोरीहरु – जोय र शाजामा कोरोना भाइरसको संक्रमण देखिएको खबर आएको थियो ।

बुधबार करिमको परिक्षणको रिपोर्ट पोजिटिभ देखिएको हो । करिमका भाई मोहमद मोरानीले बुधबार करिमकि पत्नी र घरका अन्य स्टाफको रिपोर्ट भने नेगेटिभ आएको बताए । साथै उनले करिमको उपचार नानावटी अस्पतालमा हुने बताएका छन् । करिम ‘चेन्नाइ एक्सप्रेस’, ‘दिलवाले’, ‘रा-वन’ लगायतका फिल्मका निर्माता हुन् ।

करिमकी जेठी छोरी अभिनेत्री जोयलाई कोरोना पोजिटिभ देखिएपछि कोकिलाबेन धीरुभाइ अस्पिटलमा उनको उपचार चलिरहेको छ । त्यस्तै कान्छी छोरी शाजाको उपचार मुम्बइको नानावटी अस्पतालमा भईरहेको छ । जोया मार्चको बीचमा राजस्थानबाट फर्किएकी थिइन् भने । उनीहरुको अवस्था सामान्यनै छ । करिमका घरका सदस्यहरु र कामदारहरु क्वारेंनटाइनमा छन् ।

बलिउडमा यस अघि गायिका कनिका कपुरमा भाइरसको संक्रमण देखिएको थियो । हप्तौको उपचार पछि निको भएर उनि घर फर्किसकेकी छिन् । त्यस्तै लन्डनमा बसिरहेका भारतीय अभिनेता पुरब कोहली र उनको परिवारमा पनि संक्रमण देखिएको छ ।