लकडाउनमा छोरासँग डान्सको रिहर्सल गर्दै माधुरी दिक्षित

लकडाउनको समयमा बलिउडकी चर्चित नायिका माधुरी दिक्षितले छोरासँग आफ्नो डान्सको रिहर्सल गरिरहेकी छिन् । उनले लकडाउनको एक भिडियो सार्वजनिक गरेकी छिन् जसमा छोरा अरिन तबला बजाइरहेका छन् भने माधुरी घुङ्गुरु लगाएर क्लासिकल डान्स गरिरहेकी छिन् ।

उनले उक्त भिडियो इन्स्टाग्राममा सेयर गर्दै भनेकी छिन्, “लकडाउनले हामीलाई यी सबै कामहरु गर्ने अवसर जुराइदिएको छ । जुन म सँधैं गर्न चाहन्थेँ ।” उनले उक्त भिडियोमा छोरालाई पनि डान्स सिकाउँदै गरेको देख्न पाइन्छ । यसका साथै उनले डान्स अभ्यासपछि आफ्नो कुकुरसँग पनि खेलेकी छिन् । घुङ्गुरुको चालमा उनले कुकुरसँग रमाइलो पनि गरेकी छिन् ।