दुई पटकको कोरोना टेष्ट नेगेटिभ आएपछि घर फर्किए बलिउड निर्माता करिम मोरानी

बलिउड फिल्म निर्माता करिम मोरानीको कोरोना संक्रमणको टेष्ट दुई पटक नेगेटिभ आएपछि घर फर्किएका छन् । केहि समय अघि कोरोना संक्रमण देखिएपछि उनि मुम्बईको नानावटी अस्पतालमा उपचार गराइरहेका थिए । उनकी दुई छोरीहरु शाजा र जोयामा पनि कोरोना संक्रमण देखिएको थियो, हाल दुवै जना निको भैसकेका छन् ।

डिस्चार्ज भएपछि मोरानीले भने – ” भगवानको कृपाले दुई पटक कोरोना टेष्ट नेगेटिभ आएपछि म घर फर्किएको छु । म नानावटी अस्पतालमा आरामसाथ बसिरहेको थिए तर टेष्टको दौरान भने केहि असमन्जसमा थिएँ । मेरो बिचारमा सरकारको प्रत्येक निकाय र स्वास्थ्यकर्मीहरुले आफ्नो काम एकदमै इमान्दारिताका साथ गरिरहेका छ । घर आएर मैले निकै आराम महसुश गरिरहेको छु । तपाईहरु सबैको प्रार्थना, मायाको लागि धन्यबाद । सुरक्षालाई दृष्टिगत गर्दै म घरमै अझै १४ दिन क्वारेंन्टाइनमा बस्नेछु ।

करिम ‘चेन्नाइ एक्सप्रेस’, ‘दिलवाले’, ‘रा-वन’ लगायतका फिल्मका निर्माता हुन् ।