करण निकट सेलिब्रेटीको कमेन्टबक्स बन्द

सुशान्त सिंह राजपुतको मृत्यु पछि नातावादको विषयले बलिउड तातेको छ । सामाजिक संजाल र संचारमाध्यमले चर्चित प्रोडक्सन हाउस र उनका मालिक तथा स्टार किडको खुलेर विरोध गरिरहेका छन् । उनीहरूको पोष्टमा कमेन्ट गरेर सुशान्त लगायतको यस्तो स्थितिको जिम्मेवार उनीहरू रहेको देखाउने प्रयास गरिरहेका छन् ।

यसको असर आधा दर्जन बढी बलिउड सेलिब्रेटीले आफ्नो इन्स्टाग्राम अकाउन्टको कमेन्ट बन्द गरेका छन् । करण जौहर र उनको क्याम्पमा जोडिएका आलिया भट्ट, करिना कपूर, सोनाम कपूर, सोनाक्षी सिन्हा, अनन्या पाण्डे र सुहाना खानले सबैले कमेन्ट गर्न नमिल्ने बनाएका हुन् । नजिकका साथि बाहेक उनीहरूकोमा कमेन्ट गर्न मिल्दैन ।