‘जूनसरी विलाई गयौं…..’ बोलको म्यूजिक लिरिकल भिडियो सार्वजनिक

युवा साहित्यकार भीष्म राज फुलाराले नयाँ गीत बजारमा लिएर आएका छन् । श्रीफुलाराद्वारा आमाको सम्झनामा लिखित ‘जूनसरी बिलाई गयौं…..’ बोलको गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । उक्त गीतका संगीतकार विक्रम थापा र गायक स्वरुप राज आचार्य रहेका छन् भने संगीत संयोजन विसन मानन्धरको रहेको छ ।

फुलारा लिटरेचर फाउण्डेसन र द लभ अफिसेस अफ बासु डि. फुलारा पि.सी.को सहकार्यमा निर्माण गरिएको उक्त गीतको लिरिकल म्यूजिक भिडियो गीतकार फुलाराको आधिकारीक युट्यूब च्यानल ‘फुलारा इन्टटेनमेन्ट’ बाट एक कार्यक्रम बिच सार्वजनिक गरिएको हो । गीतकार भीष्म राज फुलारा गीतका बारेमा यसो भन्छन्, ‘आज म निक्कै नै भावुक भएको छु ।

मैले सानैमा मेरी आमा गुमाउनु परेकोले मेरी आमाको सम्झनामा यो गीतको सिर्जना गरेको थिएँ । यसका अतिरिक्त यो गीत संसारकी आमाहरुमा समर्पित गीत हो भन्न चाहन्छु ।’ उक्त गीतको छायाँकन किशोर खनाल र सम्पादन श्यामराजा श्रेष्ठले गरेका हुन् ।