मागेर खाने बलिउडका अभिनेता

बलिउडका अभिनेताले मागेर जिविका चलाउथेँ भन्ने कुरा धेरैलाई पत्यार नलाग्न पनि सक्छ । तर पत्याउनु पर्ने बाध्यता नै रहेको छ । एक चर्चित अभिनेता भने मागेर नै घरपरिवार चलाउदै आएका थिए । उनै चर्चित अभिनेता हुन् राजकुमार राव । सामान्य परिवारमा जन्मिएका राजकुमारको संघर्षका कथा निकै लामो रहेको छ । अहिले ३५ वर्षका भएका छन् ।

कलाकारकारितामा सानै उमेरदेखि रुची भए पनि उनले अवसर पाएका थिएनन् । उनलाई आफ्नो खाने बस्ने खर्च नहँुदा उनी साथीहरूसँग मागेर काम चलाउथे। एकदिन उनले पहिलो पटक अतुल मंगोलियाको फिल्म लभ, सेक्स और धोखा’बाट मूख्य भुमिकामा अभिनय गर्ने मौका पाए । त्यसपछि भने उनले पछाडी फर्केर कहिले हेर्न परेन । उनले बलिउडमा राम्रै छाप बसाए । अहिलेसम्म उनले बलिउडमा नौ वर्ष बिताइसकेका छन् ।