साउथ फिल्मकी अभिनेत्री विजयलक्ष्मीद्धारा आत्महत्याको प्रयास

साउथ फिल्मकी चर्चित अभिनेत्री विजयलक्ष्मीले आत्महत्या प्रयास गरेकी छन् । केहि दिनदेखि मानसिक तनावमा रहेकी विजयलक्ष्मीले आत्महत्याको प्रयास गरेकी हुन् । भारतिय मिडियाका अनुसार, अहिले उनको चेन्नईको एक नीजि अस्पतालमा उपचार भइरहेको छ । केहि दिन उनले सामाजिक सञ्जालमा एक भिडियो शेयर गर्दै आफु मर्न लागेको बताएकी छन् ।

उनले फेसबुकमा भिडियो बनाएर भनेकी छन् ,‘यो मेरो अन्तिम भिडियो हो ।म गएको चार महिनादेखि सीमान र उनका पार्टीका मानिसहरुका कारण तनावमा रहेको छु । आफ्नो परिवारका लागि जिउन धेरै कोसिस गरे तर सकिरहेको छैन । मलाई हरि नादरले मिडियामा असाध्यै अपमानित गरेका छन् । मैले रक्तचापको औषधी पनि खाएकी छु । अबको केही समयमा मेरो रक्तचाप कम हुनेछ र मर्नेछु ।’