अस्पतालबाटै अभिषेकले भने, ‘सुरुङको अन्त्यमा एक उज्यालो ’

बलिउड अभिनेता अभिषेक बच्चन १४ जुलाईमा कारोना भएको पुष्टि भए लगत्तै अस्पताल भर्ना भएका थिए । उनी कोरोना पुष्टि हुना साथ बुवा अमिताभ बच्चन सहित नानावटी अस्पतालमा भर्ना भएका थिए ।

कोरोना रिपोर्ट नेगेटिभ नआउन्जेल उनी त्यहि अस्पतालमा बस्नेछन् । अस्पताल बसाईको झन्डै दुइ हप्ता हुन लाग्दा बोर लागेर होला ,उनले अस्पतालकै विभिन्न कोणबाट तस्विर खिचेर सामाजिक सञ्जालमा इन्स्टामा पोष्ट गरेका छन् । उनले आफु बसेको अस्पताल भित्रको तस्वीर सेयर गरेका हुन् ।

उनले सेयर गरेको तस्विरमा सुनसान कोरिडोरको फोटोमा बत्ती बलिरहेको देख्न सकिन्छ र खाली र सुनसान देखिन्छ । उनका तस्विरमा उनी पनि देखिएका छन् तर अलिक मधुरो रुपमा । उनले केहि तस्विर सार्वजनिक गर्दै क्याप्सनमा लेखेका छन् , ‘सुरुङको अन्त्यमा एक उज्यालो ।’

उनले अस्पतालको बाहिरको भाग पनि खिचेका छन् । जुन तस्वीरमा घाम उनको क्याम्सन अनुसारको डुविसकेको देखिन्छ । उनको नजिकका शुभचिन्तकका अनुसार एक्लै उनलाई बोर लागेको र रमाइलो मान्नका लागि तस्विर खिचेको अनुमान गर्न थालेका छन् ।