नेपाली फिल्म ‘जात्रा ’ र बलिउड ‘लुटकेस’ मिल्नुको कारणबारे बोले बलिउड निर्देशक

नेपाली फिल्म ‘जात्रा’सँग बलिउड फिल्म ‘लुटकेस’को कथावस्तु मिलेको आरोप लाग्दै आएको थियो । यस आरोपकाबारेमा लुटकेसका निर्देशक राजेश कृष्णनले आफ्नो धारणा रारखेका छन् । उनले हिन्दी पत्रिका हिन्दुस्तान टाइम्सलाई दिएको अन्तरवार्तामा नेपाली फिल्म जात्रासँग आफ्नो फिल्म मिल्नुको कारण बारे आफ्नो धारणा राखेका छन् ।

दुवैतिरको फिल्ममा फिल्ममा मुख्य पात्रले ठूलो रकम भेट्टाउने र सो रकम लुकाउन खोज्दा गरेको दौडधुपमा फिल्मको विषयवस्तु केन्द्रित भएको देखिन्छ । जसका कारण फिल्म मिल्दो जुल्दो भएको हो ।

यसबारेमा निर्देशक कृष्णनले यस विषयमा आफ्नो धारणा राख्दै भने, ‘यदि तपाइँले गुगलमा पैसाको झोलाको विषयमा बनेका फिल्मको खोजी गर्नुभयो भने अहिले नै कम्तीमा ५० फिल्म भेट्टाउनुहुन्छ, सिम्पल प्लान, नो कन्ट्री फर ओल्ड मेन देखि यु टर्नसम्म । त्यसैले पैसाको झोला भेट्टाएको प्लट लाइनको विषयमा प्रश्न गर्नु भनेको ‘तिमीले फिल्ममा आकाश देखाएका छौ, हामीले पहिल्यै आकाश देखाएका थियौं, तिमी यस्तो कसरी गर्न सक्छौ ?’

‘अथवा तिमीले फिल्ममा सूर्य देखाएका छौ’ भनेजस्तै हो । सूर्य र आकाश एउटा मात्र छन् । पैसाको झोला भएकै कारण पूरै कथावस्तु एउटै छ भन्न मिल्दैन । मसँग पर्याप्त प्रमाणहरु छन् कि यो फिल्मको अवधारण २०१४ मै बनेको थियो । मलाई लाग्छ जात्रा २०१६ मा मात्र बनेको हो ।’

उनले नेपाली फिल्मसँग आफ्नो फिल्म मिलेको भन्नेमा गतिलो जवाफ दिएका छैनन् । उनले आफ्नो फिल्म नेपाली फिल्म भन्दा अगाडी नै बनेको र रिलिज मात्र ढिलो भएको उनले तर्क दिएका छन् ।