मृत्युसँग लडिरहेका कलाकार अनुपमको उपचारमा सोनुले सहयोग गर्ने

समाज सेवामा लागेका बलिउड अभिनेता सोनु सुदले कहिले घरबाट निकालिएकालाई घर दिएर सहयोग गरिरहेका छन भने कहिले जागिरबाट निकालिएकी इन्जिनियरलाई जागिर लगाइदिएर चर्चा बटुलिरहेका छन् । उनले फिल्मबाट दर्शकको मन त जितेका नै थिए भने समाज सेवा गरेर पनि आममानिसको मन जितिरहेका छन् ।

केहि दिन देखि यता मृत्युसँग लडिरहेका अभिनेता अनुपम श्यामलाई आर्थिक अभावमा उपचारमा कठिनाई भइरहेको बेला सोनुले सहयोग गर्ने बचन दिएका छन् । अचानक श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल भर्ना भएका अनुपमलाई भारतको लोखन्डेवालाको सुबुर्बन अस्पतालमा उपचारत छन् । उपचारमा खर्च अभााव भएपछि उनी तनावमा रहेका थिए । अभिनेता सानुले अनुपमको उपचारमा कठिनाई भइरहेको थापा पाएपछि उनलाई उपचारमा सहयोग गर्ने बताएका छन् ।

भारतिय मिडियाका अनुसार अनुपमको उपचार गराउने पैसा नभएपछि उनका भाई अनुरागले आर्थिक सहयोग गर्न सबैलाई अपिल गरेका थिए । भएको जायजेथा सकै दाईको उपचारमा सकिएपछि अतालिएका भाईले आर्थिक जुटाइदिन सबैसामु अपिल गरेका थिए । उनले भनेका छन् , ‘मैले १० दिन अगाडी साथीहरु सँग ऋण खोजेर उहाँको डाइलासिस त गराए, तर अब म सँग पनि पैसा छैन । डाक्टरले मृगौंला नै फेर्नुपर्ने बताएका छन् । अव के गर्ने होला ।’
उनले ट्वीटरमा टुइट गर्दै आफ्नो स्टाटस अभिनेता सोनु सुद र आमिर खानलाई मेन्सन गरे । उनले गरेको अपिललाई स्वीकार गर्दै सोनुले तत्कालै अनुपमलाई आफुले सक्ने सहयोग गर्ने बताए । तर अर्का अभिनेता आमिरखानले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । भारतिय सञ्चारमाध्यमका अनुसार उनको उपचारमा खर्च उठ्न थालेको छ ।