अक्षय कुमारका हातमा ९ वटा फिल्म , कुन फिल्म कहिले रिलिज

भारतिय फिल्म उद्योगमा सबै भन्दा बढि फिल्ममा अभिनय गर्ने अभिनेताका रुपमा अक्षय कुमार गनिएका छन् । उनले आएका फिल्म मध्ये धेरै जसोमा साइन गरेका छन् । अहिले उनको हातमा खेल्नु पर्ने फिल्मको लिष्ट लामै रहेको छ । भारतिय मिडियाका अनुसार अहिले अक्षयको हातमा अझै ८ वटा फिल्म रहेका छन् । हिजो रक्षा बन्धनको अवसरमा उनले ९ वटा फिल्ममा अभिनय गर्ने घोषणा गरेका छन् ।

उनले हिजै फिल्मको पहिलो लुक फ्यानहरुलाई सेयर गर्दै फिल्मको बारेमा पनि जानकारी गराएका छन् । उनले एउटा फिल्म भाइबहिनी सम्बन्धि छ, जसको पोस्टर भाइचाराको चार्डमा जारी बताएका छन् । २०२१ मा रिलिज गरिने फिल्म भन्दै अक्षयले फिल्म ‘रक्षा बन्धन’ निर्माणको घोषणा गरेका छन् । उनले सार्वजनिक गरेको पोस्टरका आधारमा भन्ने हो भने फिल्म अक्षय ४ महिलाहरुसँग देखिएका छन् । आफ्नो लुक्स सार्वजनिक गर्दै लेखेका छन्, ‘आफ्नी प्यारी बहिनी अल्कामा सर्मपित गर्दछु , जसको साथमा मेरो दुनियामा खास सम्बन्ध छ । मेरो जिन्दगीको सबैभन्दा स्पेशल फिल्म दिने आनन्द एल रायलाई बिशेष धन्यवाद ।’

अक्षयले फिल्मको घोषणा गरे लगत्तै उनी चर्चाको विषयमा रहेका छन् । किनभने उनको ९ वटा फिल्म एकपछि अर्को गर्दा पनि लामै समय उनी व्यस्त हुने देखिएको छ । कोरोनाका कारण धेरै समय कुर्नुपर्ने भएकोले फिल्मको छायाँङ्कन केहि समय पछाडी धकेलिएको निर्माण पक्षको भनाई छ ।