फिल्म ‘८३ ’ लाई हलमै चलाउने कबिरको अठोट

बलिउड निर्देशक कबीर खानको फिल्म ’८३’ लाई कोरोनाले नराम्ररी प्रवावित पार्यो । फिल्मको निर्माण गरेको लामो समय भइसक्दा पनि रिलिज हुन सकेको छैन । उनको फिल्म रिलिज हुने समयमा देशभर लकडाउन भएपछि फिल्मको रिलिज गर्ने भनिएको मिती लम्बिएको हो । गत अप्रिल १०मा फिल्म प्रदर्शन नभएपछि एक डिजिटल प्लेटफर्ममा रिलिज गर्ने हल्ला चलेको थियो । जसका लागि यस फिल्मलाई १४३ करोड रुपैयाँमा बेच्न आग्रह गरिएको थियो ।

निर्देशक कबिरले फिल्ममा जे जस्तो हल्ला आएको छ त्यो गलत हो । आफुले धेरैको मनमा बसेको र डिजिटल भन्दा पनि फिल्म हलमा नै रिलिज गर्ने बताएका छन् । कुनै डिजिटलबाट फिल्म रिलिज नगर्ने पनि उद्घोष गरेका छन् । उनले थप भनेका छन्,‘यतिका महिना त हामी ले कुर्यो भने केहि महिना कुर्न गारो हुदैैन । कुनै परेछ भने अर्को साल पनि कुरोँला तर फिल्म चाही हलमा नै चलाउने हो । ’

क्रिकेटर कपिल देवको जीवनीमाथि बनेको बलिउड फिल्म ’८३’ यस बर्षको प्रतीक्षित फिल्मका रुपमा गनिएको थियो । फिल्ममा स्पोस्र्ट ड्रामाले सन् १९८३ मा भारतीय क्रिकेट टोलीले विश्वकप जित्दाको कथामा आधारित बनेको हो । जसमा कपिलको भूमिका कलाकार रणवीर सिंह छन् भने उनकी श्रीमतीको दीपिका पाडुकोण रहेकी छन् ।