आमिरको ‘लाल सिंह चड्ढा’ अर्को क्रिसमसमा

बलिउड सुपरस्टार आमिर खानको फिल्म ‘लाल सिंह चड्ढा’ अर्को वर्षको क्रिसमसमा रिलिज हुने भएको छ । फिल्मलाई यस वर्षको क्रिसमसमा रिलिज गर्ने तयारी गरिएता पनि कोरोना महामारीका कारण अर्को साल सारिको हो ।अभिनेता आमिर खानले हरेक फिल्मको रिलिज क्रिसमसको छेको पारेर गर्ने गरेका छन् ।

उनले क्रिसमसको छेकोमा ‘थ्री इडियट्स’, ‘पीके’, ‘धूम ३’, ‘दंगल’ रिलिज भएका फिल्म हुन् ।  यतिबेला अभिनेता आमिर खान फिल्मका लागि लोकेशन हेर्न टर्की पुगेको भारतिय सञ्चार माध्यले जनाएका छन् । आमिर अभिनित ‘लाल सिंह चड्ढा’ मा आमिरका अलवा करीना कपूर खान मुख्य भूमिका छिन् । यस फिल्मलाई अद्वैत चन्दनले निर्देशन गरेका छन् भने स्क्रिनप्ले अतुल कुलकर्णीले लेखेका छन् ।